जनता समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्रलाई विराटनगरमा उपमेयरको उम्मेदवार बनाएका छन् ।
सत्ता गठबन्धनमा भागबण्डा गर्दा विराटनगरको उपमेयर जसपाको भागमा परेको थियो । उक्त स्थानमा जसपा कार्यकारी अध्यक्ष यादवले छोरा अमरेन्द्रलाई उम्मेदवार बनाएका हुन् ।
विराटनगरको मेयरमा कांग्रेसले नागेश कोइरालालाई उम्मेदवार बनाएको छ ।