वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज पनि उम्मेदवारको मनोनयन दर्ता भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अुनसार सोमबार ४ बजेसम्म ३७५८५ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
हिजो बिहान १० बजेबाट सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा शुरु भएको मनोनयन दर्ता आज अपराह्न ५ बजेसम्म जारी रहने र आजै मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
कुन प्रदेशमा कतिको उम्मेदवारी ?
वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र वैशाख १५ गते नै मनोनयन भएको उम्मेदवारको नामावली प्रकाश गर्ने, वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाश गर्ने र वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका सहित ७ सय ५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र अन्य सदस्य गरी ३५ हजार २ सय २१ पदका लागि निर्वाचन हुन लागेको हो ।
जिल्ला अनुसार उम्मेदवारी दर्ताको विवरणः