बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ४४ हजार बढीले उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन आयोगले मंगलबार दिउँसो साढे १२ बजेसम्मको तथ्याङक सार्वजनिक गर्दै १ लाख ४४ हजार ४१६ जनाले उम्मेदवारी दर्ता गरेका जानकारी दिएको छ ।
मनोनयन दर्ताको संख्यात्मक विवरण (प्रणालीमा प्रविष्टि) गर्ने क्रम जारी रहेकाले उम्मेदवारको संख्या बढ्ने आँकलन गरिएको छ । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।
स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।