केराबारी गाउँपालिका–२ का वडा सदस्य उम्मेदवारको मृत्यु भएको छ ।
नेपाली कांग्रेसबाट केराबारी गाउँपालिका–२ मा वडा सदस्य पदमा उम्मेदवारी दिएका नविन लिम्बूको शुक्रबार बिहान मृत्यु भएको हो ।
अचानक बेहोस भएर ढलेका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बिहीबार चुनावी सभामा सहभागी भएका थिए ।
चुनावअगावै उम्मेदवारको मृत्यु भएमा निर्वाचन आयोगले अर्को व्यक्तिको उम्मेदवारी दर्ताका लागि समय उपलब्ध गराउने कानुनी व्यवस्था छ ।