लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार बबरमहलस्थित पार्टी कार्यालयमा लोसपाले सार्वजनिक गरेको चुनावी घोषणापत्र २० वटा प्रतिबद्धता उल्लेख छ ।
सर्वल सक्षम र स्रोत सम्पन्न स्थानीय सरकार, नियमित टोल, गाउँ र नगर सरसफाइ तथा स्थानीय सरकारले आफ्नो कर्मचारी आफैँले भर्ना गर्ने तथा सहज, छरितो र प्रभावकारी सेवा प्रवाह गर्ने लोसपाको प्रतिबद्धता रहेको छ ।
त्यस्तै, हरेक सूचनाको सहज उपलब्धता, सहज जग्गा दर्ता, खरिद बिक्री र नक्सा पासको सहजता, घरभाडा र अन्य कर तिर्ने समस्याको अन्य हुनुपर्छ, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, हरेक पालिकामा २५ शय्याको अस्पताल, थप डक्टरको व्यवस्थाका साथै बालकालिकालाई घरै खोपको व्यवस्था गर्ने लोसपाको चुनावी घोषणापत्रमा उल्लेख छ ।
यसैगरी, ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, हरेक नागरिकका लागि बीमाको व्यवस्था, निःशुल्क र व्यावहारिक शिक्षा, उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षा, स्नात्तक र स्नातकोत्तर शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था र छात्राहरुलाई आत्मरक्षाको प्रशिक्षण दिने लोसपाले जनाएको छ ।
महिलामैत्री पूर्वाधार एवम् विशेष सुविधाको व्यवस्था, सार्वजनिक यातायात पूर्णरुपमा निःशुल्क, हरेक प्रसूतिलाई ५१ सय रुपैयाँ दिने र स्नात्तक महिलालाई आवश्यक परेको अवस्थामा ५१ हजारसम्म दिने प्रतिबद्धता लोसपाको छ ।
त्यस्तै, महिलाको स्वास्थ्य र जीवन बीमा निःशुल्क हुनुपर्छ, कृषि सेवा, सिँचाइ विस्तार र सहजीकरण बजार व्यवस्थापन, एक जिल्ला एक उत्पादन सञ्चालन गर्ने प्रतिबद्धता रहेको छ ।
घोषणापत्रको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्ः