गोठको झ्यालबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।
छत्रेस्वरी गाउँपालिका–३ की ५५ वर्षीया चुडा घर्तीको गोठको झ्यालबाट लडेर शनिबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले शुक्रबार राति ९ बजेतिर खाना खाएर सुतेकी घर्ती शनिबार बिहानै उठेर बाख्रा बाँध्न गएको समयमा झ्यालबाट लडेकी बताए । उनको घटनास्थलमै मृत्यु भएको पाइएको छ ।
शव पोस्टमार्टम जिल्ला अस्पताल गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।