३५ बर्षीया अशक्त महिलालाई जवरजस्ती करणी गरेको आरोपमा ५८ बर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
शारीरिक रुपमा अशक्त महिलालाई मुसिकोट नगरपालिका वडा नम्वर २ का ५८ बर्षीय झुपे सार्कीले जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
सार्कीले बैशाख १५ गते दिउँसो जवरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए ।
सार्कीलाई जिल्ला अदालत गुल्मीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको छ ।