चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहाल रहेका छन् । उनी कुमरोज सामुदायिक वनमा आइतबार बिहान घाँस काट्न गएका थिए ।
बाघको आक्रमणबाट उनको घाँटीमा चोट लागेको र दाहिने खुट्टाको तिघ्राको भाग खाएको अवस्थामा दाहालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसअघि वैशाख १६ गते चितवनमै बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो ।