बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन् ।
निर्वाचन आयोगले शनिबार चुनाव चिह्न दिएपछि उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त भएका हुन् । उनीहरु मत माग्न मतदाताको घरदैलौमा पुगिरहेका छन् ।
उम्मेदवारहरु आफ्ना योजना सुनाउँदै तथा विकासका आश्वासन बाँड्दै मतदातासमक्ष मत मागिरहेका छन् ।
एमालेबाट काठमाडौं महानगरका प्रमुख पदका उम्मेदवार केशव स्थापित र उपप्रमुख उम्मेदवार सुनिता डंगोलले आइतबार बिहान असन क्षेत्रबाट चुनावी प्रसारप्रसार सुरु गरेका छन् । उनीहरुले आइतबार बिहान असन क्षेत्रमा घरलैदो एवं चियापान कार्यक्रम आयोजना गरे ।

त्यस्तै, कांग्रेसबाट मेयरको उम्मेदवार बेनकी सिर्जना सिंहले आइतबारदेखि कार्यतालिका बनाएर घरदैलो अभियान सुरु गरेकी छन् । आइतबार बिहान वडा नक्बर १ बाट उनले घरदैलो अभियान सुरु गरेकी छन् ।
उनलाई भोग माग्न कांग्रेस नेता तथा श्रीमान प्रकाशमान सिंह, कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायत लागेका छन् ।
काठमाडौंमै साझा विवेकशील पार्टीदेखि स्वतन्त्र उम्मेदवार बालेन शाहले पनि घरदैलो कार्यक्रम अगाडि बढाइरहेका छन् ।
काठमाडौंसँगै देशैभरी आइतबारदेखि चुनावी माहोल तातेको छ । उम्मेदवारहरु चुनाव प्रसारप्रसार सामाग्रीसहित घरदैलो अभियानमा जुटेका छन् ।