भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि युरोपको भ्रमणमा गएका छन् ।
उनी सोमबार बिहान युरोप प्रस्थान गरेको भारतका विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । उनी तीन युरोपेली देश डेनमार्क, जर्मनी र फ्रान्सको भ्रमणका लागि सोमबर त्यसतर्फ प्रस्थान गरेको भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिए ।
विदेश सचिव क्वात्राले प्रधानमन्त्री मोदीले युरोप भ्रमणका क्रममा युक्रेन र रुसको हमलाका कारण उत्पन्न परिस्थितिका विषयमा भारतको धारणा राख्ने बताए ।
उनी सोमबार नै जर्मनी पुग्नेछन् । जर्मनीपछि उनले डेनमार्क र फ्रान्सको भ्रमण गर्ने बताइएको छ ।