गर्मी सिजनमा बढी रूचाइने फलफूलमध्येमा तरबुजा पनि एक हो । बच्चादेखि वृद्धसम्मले निकै रूचीका साथ तरबुजा खान्छन् । तरबुजाको सेवनले शरीरलाई शितल हुनुका साथै ताजा तथा फुर्तिलो पनि बनाउँछ ।
हामी धेरैले तरबुजा खाएपनि तरबुजाको बियाँ भने फालिरहेका हुन्छौँ । तर त्यो तरबुजाको बियाँ स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन ।तसर्थ, यहाँ तरबुजाको बियाँ सेवन गर्नुका केही फाइदाहरू चर्चा गरिएको छ ।
तरबुजाको बियाँको न्युट्रिशनल भ्यालु
तरबुजाको बियाँमा आइरन, म्याग्नेशियम, जिंकका साथै स्वस्थ फ्याट हुन्छ । तरबुजाको ४ ग्राम बियाँमा करिब ०।२९ मिलिग्राम आइरन, २१ मिलिग्राम म्याग्नेशियम, पोलिअनसेचुरेटेड र मोनोअनस्याचुरेटेड फ्याटी एसिड समेत हुन्छ । यी सबै पोषक तत्वले शरीरलाई निकै फाइदा गर्छ ।
मोटोपनबाट राहत
तरबुजामा निकै कम क्यालोरी पाइन्छ । करिब ४ ग्राम ९एक मुठ्ठी० तरबुजाको बियाँ सेवन गर्दा वजन घटाउन मद्दत गर्ने चिकित्सकहरू बताउँछन् ।
ब्लड शुगरको लेभल नियन्त्रण
तरबुजाको बियाँले ब्लड शुगर लेभल र इन्सुलिन रेजिस्टेन्स घटाउन सहयोग गर्छ । एक अध्ययनका अनुसार, तरबुजाको बियाँमा पाइने म्याग्नेसियमले ब्लड शुगर लेभल घटाउन सहयोग गर्छ ।
साथै मेटाबोलाइजिंग काब्र्सलाई समेत नियन्त्रण गर्न यसले काम गर्छ ।
सुन्दर छालाका लागि
म्याग्नेशियम, एन्टीअक्सिडेन्ट्स र जिंकजस्ता पोषक तत्वले भरिपूर्ण यस बीज शरीरको छालाका लागि निकै राम्रो हुन्छ ।
तरबुजाको बियाँबाट निक्लने तेल केही स्किन केयर प्रोडक्ट्समा समेत प्रयोग गर्ने गरिएको पाइन्छ ।
तरबुजाको बियाँ खाने सही तरिका
तरबुजाको बिजज निकालेपछि यसलाई भुट्नुपर्छ । त्यसपछि डिब्बामा राख्ने ।
यसलाई मर्निङ डाइटमा सामेल गर्न सकिन्छ । सलाद, ओट्स, टोस्ट लगायतमा मिसाएर समेत यसको सेवन गर्न सकिन्छ ।