नेपाली कांग्रेसले भोलि चैत्र २१ गते बुधबारसम्म उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारलाई निर्देशन दिएको छ ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बुधबारसम्म उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारलाई निर्देशन दिएका हुन् । उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि पार्टी विधान बमोजिम हुने कारवाहीमा चेतावनी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘२०७९ वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निश्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिवद्धतासहित, सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारवाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई पुर्नविचार गर्न सक्ने समेत सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।’
कांग्रेसले बागी उम्मेदवारीप्रति पुर्नविचार गदसार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निश्क्रिय गर्न र र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन निर्देशन दिएको छ ।
कांग्रेस विधानमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक वनेका पार्टी सदस्यको सदस्यता स्वतः समाप्त भई पार्टीबाट निस्काशित हुने वैधानिक व्यवस्था रहेको छ ।