अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुुताइरी र खेलाडीबिचको विवादको छानविनका लागि समिति बनाएको छ ।
एन्फाले नेपाल आर्मीका पूर्व मेजर जनरल भिक्टोर राना संयोजक रहेको छानविन समिति बनाएको हो । रानालाई मुख्य प्रशिक्षक अल्मुुताइरी र खेलाडीबिचको विवादबारे छानविन गर्न एक हप्ताको समय दिइएको छ ।
होस्टेल बस्ने विषयमा मुख्य प्रशिक्षक अलमुताइरीसँग विवाद हुँदा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका ९ खेलाडीले क्याम्प छोडेका थिए । पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रशिक्षक अलमुताइरीले बारम्बार क्याम्प छोड्न भनेपछि बाध्य भएर क्याम्प छोड्नु परेको बताएका थिए ।