राप्रपा नेपालका कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले राजीनामा दिएका छन् ।
उनले आज एक प्रेस व्यक्तव्य जारी गर्दै साधारण सदस्य समेत नरहने गरि राप्रपा नेपालको कोषाध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
योसँगै राप्रपा नेपालका अध्यक्ष कलम थापालाई धक्का लागेको हो । उनको पार्टीबाट पछिल्लो समय राजीनामा दिने क्रम बढिरहेको छ ।
यसअघि राप्रपा नेपालबाट उपाध्यक्ष उद्धब पौडेलसहित केही नेताले समेत राजीनामा दिइसकेका छन् ।
राजेन्द्र लिङ्देनसँग राप्रपा अध्यक्षमा पराजित भएपछि राप्रपा नेपाल गठन गरेका थापाको साथ पछिल्लो केन्द्रीय तहका नेताहरुले छोडिरहेका छन् ।