विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको रुपैयाँसहित एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनी रहेकी छन् । उनलाई प्रहरीले स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको छ ।