१७ वर्षीया किशोरीलाई कलात्कार गरेको अभियोगमा गाडीका सहचालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बा.५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका–१३ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
ती किशोरी उक्त गाडीमा काठमाडौंबाट ईलाम आएकी थिइन् । वैशाख २० गते राति ईलाम नगरपालिका–७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि सहचालकले किशोलीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
ती किशोरीले बुवालाई फोन गरी लिन बोलाएको अवस्थामा एक्लै पारी सहचालकले बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।
घटनाको विषयलाई लिएर पीडित किशोरीको बुवाले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही गाडीका चालक नुवाकोट तारेकेश्वर गाउँपालिका–२ वगुवा बस्ने ३४ वर्षीय दिपक ढुंगानाको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।
कुटपिट गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।