वायुसेवा सञ्चालक सङ्घ, नेपालले वैशाख ३० गते सबै नियमित आन्तरिक सेवा बन्द गर्ने जनाएको छ ।
स्थानीय तह चुनाव हुने दिन सबै नियमित आन्तरिक सेवा बन्द गर्ने संघले जनाएको हो । तर, उक्त दिन मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान भने हुनेछन् ।
निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् ।