मिठाई खाएपछि सर्लाहीमा माओवादीका उम्मेदवारहरू बिरामी परेका छन् ।
आइतबार दिउँसो १ बजेतिर मिठाई खाएका उनीहरू बिरामी परेका छन् । नेकपा माओवादी केन्द्रबाट सर्लाहीको हरिवन नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार शेख इस्तिहार र दुई सदस्य पदमा उम्मेदवार गरी ६ जना बिरामी परेपछि उपचारका लागि वीरगञ्ज पठाइएको छ । इस्तियारको अवस्था गम्भीर छ ।
प्रारम्भिक अनुसन्धानमा चिकित्सकले परीक्षण गर्दा मिठाईमा विष देखिएको सर्लाही प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता, एमालेको योजनामा आफ्ना उम्मेदवारकलाई विष खुवाइएको भन्दैमाओवादीका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
प्रदर्शनका कारण हरिवन बजार तनावग्रस्त बनेको छ ।