अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षक र राष्ट्रिय टिमका खेलाडीबिचको विवादको छानविनका लागि तीन सदस्यीय समिति गठन गरेको छ।
आज बसेको एन्फा कार्यसमिति बैठकलले भिक्टर राणा संयोजक तथा पूर्व राष्ट्रिय खेलाडी विदुर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा सदस्य रहेको समिति गठन गरेको हो।
समितिले सात दिनभित्र प्रशिक्षक र राष्ट्रिय टिमका खेलाडीबिचको विवादबारे छानविन गरी रिपोर्ट बुझाउनेछ।
होस्टेल बस्ने विषयमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग विवाद हुँदा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका ९ खेलाडीले क्याम्प छोडेका थिए ।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बारम्बार क्याम्प छोड्न भनेपछि बाध्य भएर क्याम्प छोड्नु परेको बताएका थिए ।