विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ।
आरोहणका क्रममा ८ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अयरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार मृतक ८ हजार ५८६ मिटरको उचाइमा रहेको कञ्चनजङ्घा हिमाल आरोहणका लागि पायोनिर एड्भान्चर प्रालिबाट गएका थिए।