श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ।
यहाँको आर्थिक सङ्कटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन्। यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिएका छन्।
उनको राजीनामा यहाँका राष्ट्रपति गोटबाया राजपाक्छेले स्वीकृत गरेका छन्। उनको राजीनामा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलंकाली राष्ट्रपतिको कार्यालयले जनाएको छ।
जनाइएअनुसार यहाँको सरकारविरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कर्फ्युको घोषणा गरेको छ।
यसअघि पनि सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कर्फ्यु आदेश बुधबारसम्मलाई थप गरिएको पनि श्रीलंकाली सरकारले जनाएको छ। सोमबार मात्र पनि बिहान प्रदर्शनकारीहरूले यहाँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन्। सिन्ह्वा