नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती परियोजनाबारे जेठ २ मा सम्झौता हुने बताएका छन्।
आज डडेल्धुरामा चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले पश्चिम सेती परियोजनाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जेठ २ मा सम्झौता हुने बताएका हुन्। मोदी बुद्ध पूर्णिमाको अवसरमा जेठ २ गते लुम्बिनी आउँदैछन्।
उनले कांग्रेसको सरकार भएमा पञ्चेश्वर परियोजना पनि अगाडि बढाउने बताए।
उनले विकास गर्ने कांग्रेस मात्रै भएको र अरु पार्टी गफ गर्ने मात्रै भएको बताए।
उनले सुदूरपश्चिमको प्रदेश राजधानी डडेल्धुरा सार्न सकिने बताए । हाल सुदूरपश्चिमको प्रदेश राजधानी कैलालीको अत्तरिया तोकिएको छ।
उनले आफूले गरेका बाचा पूरा गर्ने प्रतिवद्धता जनाए।