रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले र माओवादी कार्यकर्ताको झडपपछि एकजनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पृथाउत्तर गाउँपालिकाको जङ्गलमा जुनमाया बुढाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले उनको हत्या भएको हो कि होइन भन्नेबारे प्रहरीले अनुसन्धान थालेको डीएसपी प्रकाश डाँगीले बताए। घटनाको अनुसन्धानका लागि पुथाउत्तरगंगा गाउँपालिका–११, का वडाध्यक्ष जयकुमार बुढा, नेकपा माओवादी केन्द्रको तर्फका वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्का एक युवा अर्जुन बुढालाई प्रहरीले पक्राउ गरेको छ।
विधिविज्ञान परीक्षणका लागि उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ।
रोल्पाको थवाङ गाउँपालिका–१, घर भई माइतमै बस्दै आएकी उनी १९ गते रातिदेखि हराएकी थिइन्। १९ गते राति हराएकी उनको शव २६ गते बिहान साढे ९ बजेतिर स्थानीय जंगलमा भेटिएको थियो।
चुनाव प्रचार–प्रसारका क्रममा वडा नम्बर ११ को तल्लोसेरामा एमाले र माओवादी कार्यकर्ताबीच १९ गते राति झडप भएको थियो। झडपको केही समयपछि नै ती महिला बेपत्ता भएको बताइएको छ।