शिक्षा मन्त्रालयले सरकारी र निजी विद्यालयमा हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
मन्त्रालयमा बुधबार बसेको बैठकले जेठ १ गतेदेखि लागू हुने गरी निजी र सरकारी विद्यालयमा दुई दिन नै बिदा दिने निर्णय गरेको हो।
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार सातामा दुई दिन बिदा दिएसँगै अब शुक्रबार पूरै दिन पढाइ ४ बजेसम्म हुनेछ।
मन्त्रालयले हिउँदे, वर्षे र स्थानीय बिदालाई कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म बिदा दिन सकिने नियम पनि ल्याएको छ।
बैंकमा पनि बिदा
जेठदेखि आइतबार पनि बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन्। सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै उक्त दिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, क्लियरिङ हाउस लगायत संस्था बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो।
शनिबार र आइतबार बिदा हुने भएपछि बाँकी सबै दिनको कार्यालय समय भने बढाइएको छ । जसअनुसार सोमबारदेखि मंगलबारसम्म बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय हुनेछ। तर, कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान ९ः३० देखि साँझ ४ः३० सम्म हुनेछ।