निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
बागमती प्रदेश कमिटी सदस्यसमेत रहेकी प्रचण्चकी छोरी गंगाले निर्वाचनको मौन अवधि सुरु भएको अवस्थामा बुधबार सामाजिक सञ्जालमार्फत मत मागेकी थिइन्।
आचारसंहिता उल्लङ्घन हुने गरी मौन अवधिमा आफ्ना पक्षका उम्मेदवारलाई सामाजिक सञ्जालबाट मत मागेको विषयमा आयोगले गंगा दाहालसँग २४ घण्टे स्पष्टीकरण सोधेको हो।
मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन हुँदैन।