चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दा किन नरोकेको भन्दै तामाङलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
प्रचण्डले चितवन पुगेर गठबन्धनका नेता तथा कार्यकर्तासहित उमेदवारसँग भेटेको भन्दै आयोगले प्रचण्डलाई पनि स्पष्टीकरण सोधिसकेको छ ।
मौन अवधिमा प्रचण्डले निर्वाचन प्रचार–प्रसार तथा राजनीतिक गतिविधि गरेर निर्वाचन गतिविधिमा संलग्न भएर आचारसंहिता उल्लङ्घन गरेको थाहा छ कि छैन ? भन्दै प्रमुख जिल्ला अधिकारी तामाङलाई आयोगले आठ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ ।