गृह मन्त्रालयले देशभरीका मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी खटन पटन र निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले देशभरका १०,७५६ मतदानस्थलमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको हो ।
मन्त्रालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग परिचालन गरी मतदानस्थलहरुमा सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।
मन्त्रालयल कसैको डर, धम्की तथा प्रलोभनमा नपरी सम्पूर्ण मतदाताहरूलाई मतदान कार्यमा सरिक भई आफ्नो मताधिकारको प्रयोग गर्न र निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरण गर्न राजनीतिक दल तथा सरोकारवाला पक्षलाई अनुरोध गरेको छ ।
कसैको डर, त्रास धम्की आए तथा असुरक्षा महसुस भएमा नजिकको इलाका वा प्रहरीको नम्बर १०० जिल्ला प्रमुख प्रहरी वा जिल्ला अधिकारीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।