निर्वाचन आयोगले दिउँसो २ बजेसम्म करिब ४१ प्रतिशत मतदाताले मतदान गरिसकेको जनाएको छ।
बिहान ७ बजेदेखि २ बजेसम्म छिटपुट घटनाबाहेक उत्साहजनक मतदान भइरहेको आयोगले जनाएको छ।
निर्वाचन आयोगले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानकेन्द्रहरूमा सामान्य विवादका कारण मतदान अवरुद्ध भएको तर फेरि सञ्चालन गराउने प्रयास भइरहेको यसअघि जनाएको थियो।
आयोगले केहीबेरअघि एक सूचना जारी गर्दै अहिलेसम्म केही स्थानमा छिटपुटबाहेक देशैभर स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा भइरहेको जनाएको हो।
केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएको सूचना हुनेक्रम जारी रहेको र कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको आयोगले स्पष्ट पारेको छ।