बानेश्वरको संसद् भवन अगाडि सिलिण्डर बम विष्फोट भएको छ।
स्थानीय तह निर्वाचनको दिन शुक्रबार बिहान २ बजे बानेश्वरको संसद् भवन अगाडि सिलिण्डर बम विष्फोट भएको हो।
संसद् भवनको १ नम्बर गेट नजिकै सिलिण्डर फ्यालेर आगो लगाएर विष्फोट गराउने व्यक्तिको खोजी गरिरहेको प्रहरीले जनाएको छ। विस्फोट कसले गराएको भन्नेबारे केही खुलेको छैन।
घटनास्थलबाट ‘नेकपा सिवादी’को एउटा पर्चा पनि प्रहरीले बरामद गरेको छ।