एमाले उम्मेदवार ससुरालाई जिताउन सेनाका सेनानी अभय खड्काले मतदातालाई धम्क्याएको भन्दै प्रधानसेनापति समक्ष कारवाहीको माग गरिएको छ ।
स्थानीय तहको निर्वाचनको दिन बैशाख ३० गते सेनाका सेनानी खड्काले मतदातालाई धम्क्याएको भन्दै प्रधानसेनापतिसमक्ष कारवाहीको माग गरिएको हो।
सेनानी खड्काले दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटमा एमालेका ‘गुण्डा नाइके रमेश सुनुवाई र बिशाल भनिने डम्बर कटुवाल’सँग मिलेर गुण्डागर्दी शैलीमा मतदाता धम्क्याएको, फर्जी मत हाल्न लगाएको आरोप निवेदनमा लगाएइको छ।
निवेदनमा उल्लेख गरिएअनुसार गुण्डागर्दी शैलीमा सेनाका सेनानी खड्काका ससुरा बसन्त थापा उक्त वडामा एमालेबाट अध्यक्षका उम्मेदवार थिए। सादा पोसाकमा आएका उनले ‘म सेनाको अधिकृत हो, मेरो सेनामा विशिष्ट श्रेणीको आफन्त छन्, म जस्तो सुकै काम पनि गर्न सक्छु’ धम्क्याएको आरोप लगाइएको छ।
सैनिक ऐनविपरित काम गरेकोले सेनानी खड्कालाई कारवाही गर्न माग गरिएको छ।
स्थानीयले खबर गरेपछि उनलाई दोलखाको चरिकोटमा रहेको तारादल गणले पक्राउ गरेको थियो। उनीमाथि कारवाहीको माग गर्दै तारादल गणले पनि आर्मीको हेडक्वाटरमा प्रतिवेदन पठाइसकेको बुझिएको छ।
हेर्नुस् निवेदन :