काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन्।
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले मंगलबार दिउँसो अग्रता थप बढाएका छन्।
दोस्रो स्थानमा रहेको केशव स्थापित ५४ सय ५४ मतले पछाडि छन्।
यस्तो छ पछिल्लो मतपरिणाम
बालेन शाह (स्वतन्त्र) – ११७७७
केशव स्थापित (एमाले) – ६३२३
सिर्जना सिंह (कांग्रेस) – ५५४८
काठमाडौं महानगरपालिकामा भर्खरै वडा नम्बर ३० को मतगणना सुरू भएको छ।
उक्त वडामा पनि २२६ मतगणना हुँदा बालेनले ११४, एमालेका केशव स्थापितले ३४ र कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४८ मत पाएकी छन्।
यसअघि गणना भइरहेका र गणना भइसकेका वडामा पनि बालेन नै अगाडि छन्।
अहिले वडा नम्बर ३, ४, ५, ६, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ। वडा नम्बर १ र २ को भने गणना भइसकेको छ।