बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ।
हालसम्म ३ सय बढी स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइरहेको छ।
जसमा नेपाली कांग्रेस सबैभन्दा बढी स्थानीय तहमा जितेर पहिलो स्थानमा छ । त्यसपछि एमाले, माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) छन् ।
स्वतन्त्र उम्मेदवार ८ स्थानीय तहमा विजयी हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले खाता खोल्न सकेको छैन।
कुन पार्टीले कति जिते ?
नेपाली कांग्रेस – १५०
नेकपा एमाले – ९९
माओवादी केन्द्र – ७३
स्वतन्त्र – ८
समाजवादी – ४
जसपा – ३
मतगणना भइरहेको स्थानीय तहमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ।