हरेक शनिबार ठूलो मार्केट लाग्ने भएको छ।
ठूलो डटकमको आयोजनामा नक्साल भाटभटेनी मन्दिर नजिकै रहेको चाइनिज किचेन रेष्टुरेन्टमा हरेक शनिबार ठूलो मार्केट लाग्ने भएको हो। ठूलो मार्केट प्रत्येक शनिबार बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म लाग्नेछ।
मार्केटमा २० भन्दा बढी नयाँ उत्पादन राखिनेछन्। साथै, सपिङ, खानेकुरा, संगीतसँगै खेलको मजा पनि मार्केटमा लिन पाइनेछ।
ठूलो मार्केटमा निःशुल्क रुपमा उत्पादन विक्रि वितरण सम्बन्धि तालिम दिइने आयोजकले जनाएको छ।
मार्केटमा इच्छुक व्यक्ति तथा उद्यमीले आफ्नो उत्पादन र सेवाहरुको प्रचार प्रसार गर्नका लागि भाग लिन सक्नेछन्।