काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि बढेका छन्।
मतगणना सुरु देखिनै अग्रता लिइरहेका बालेनले उक्त लयलाई कायमै राखेका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्।
हाल कांग्रेसकी सिंहले एमालेका केशव स्थापितसँगको मतान्तर बढाउँदै छन्।
यस्तो छ पछिल्लो मतपरिणामः
बालेन शाह – ४१३१६
सिर्जना सिंह – २४०३०
केशव स्थापित – २३०६८
हालसम्म १ लाख १७ हजार ४५७ मतगणना भएको छ। अब ३९ प्रतिशत अर्थात ७३ हजार ७२९ मतगणनाा गर्न बाँकी छ।