उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आयात घटाउँदै राष्ट्रिय उत्पादन बढाएर आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।
आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्व विषयमा गरेको छलफलमा मन्त्री बडूले मुलुकको व्यापार घाटा निकै बढ्दै गएको अवस्थामा आयात घटाउँदै राष्ट्रिय उत्पादन बढाएर आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले अनुभव हुने गरि आर्थिक क्षेत्रको सुधारका लागि आवश्यक कार्यक्रम बनाउनुपर्ने धारणा राखे ।
उनले पेट्रोलियम पदार्थको विकल्प खोजेर समाधानको उपाय खोज्नुपर्ने भनाई राखे । पेट्रोलियम पदार्थको उपभोग कम गर्नका लागि विद्युत्को प्रयोग नै बढाउनुपर्ने उनको भनाई छ । मन्त्री बडूले निजी क्षेत्रलाई पनि इन्धन आयात गर्न दिने विषयमा छलफल भइरहेको धारणा राखे ।