काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि बढेका छन्।
मतगणना सुरु देखिनै अग्रता लिइरहेका बालेनले उक्त लयलाई कायमै राखेका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्।
काठमाडौं महानगरपालिकाको ७० प्रतिशत मतगणना सकिएको छ। ३० प्रतिशत मत गन्न बाँकी रहँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १८ हजार ५ सय ५९ मतको अग्रता लिएका छन्।
हाल कांग्रेसकी सिंहले एमालेका केशव स्थापितसँगको मतान्तर बढाउँदै छन्।
यस्तो छ पछिल्लो मतपरिणामः
बालेन शाह – ४५९८२
सिर्जना सिंह – २७४२३
केशव स्थापित – २६४५४
अहिले वडा नम्बर ९, १०, १३, १४, १५, २०, २१, २२ र २६ नम्बर वडाको मतगणना जारी छ।
उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ।