नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश र संघ चुनावसम्मै गठबन्धन हुने बताएका छन्।
सोमबार तनहुँको व्यास नगरपालिको विजय सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउने उदेश्यले बनेको वर्तमान गठबन्धन प्रदेश र संघ चुनावसम्मै जाने बताएका हुन्।
उनले सत्तारुढ गठबन्धनमा आवद्ध परिवर्तनका पक्षधरहरुको अभियान नेपाललाई समृद्ध बनाउने र नेपाललाई बचाउने अभियान भएको बताए।