काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि बढेका छन्।
मतगणना सुरु देखिनै अग्रता लिइरहेका बालेनले उक्त लयलाई कायमै राखेका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्।
हाल कांग्रेसकी सिंहले एमालेका केशव स्थापितसँगको मतान्तर बढाउँदै छन्।
यस्तो छ पछिल्लो मतपरिणामः
बालेन शाह – ४७२००
सिर्जना सिंह – २८३३९
केशव स्थापित – २७५११
काठमाडौं महानगरपालिकाको मत गणना जारी छ। अहिले ९ वटा वडाको मत गणना जारी छ। वडा ९, १०, १३, १४, १५, २०, २१, २२, २६ मा मत गणना भइरहेको छ।
जारी मत गणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले वडा ९, १०, १३, १४ र २६ अग्रता लिएका छन्।
यस्तै, वडा १५ मा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले अग्रता लिएकी छन् भने वडा २०, २१, २२ मा एमाले उम्मेदवार केशव स्थापितले अग्रता लिएका छन्।
उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ।
काठमाडौं महानगरमा १९१००० मत खसेको थियो। अहिलेसम्म १३५६९३ भन्दा बढी मत गणना भइसकेको छ।