कैलालीमा सोमबार साँझ बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन्।
मृत्यु हुनेमा बसका सहचालक लम्कीचुहा–२ का २० वर्षीय पारस खत्री रहेको प्रहरीले जनाएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका–१० आमखैयास्थित महेन्द्रराजमार्गमा बसको ब्रेकफेल भई नालीमा बस पल्टिएर दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकास जोशीका अनुसार कर्णाली रिभर्र साईडको ना५ख ८६९१ नम्बरको बस बे्रकफेल भई नालीमा बस पल्टिदा बसमा सवार १० जना मध्ये ५ जना घाईते भएका थिए।
घाइतेहरुको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भईरहेकोमा गम्भिर घाईते दुईजनालाई थप उपचारकालागि कोहलपुर मेडिकल कलेज पठाइएको थियो।
गम्भीर घाइते मध्ये खत्रीको गएराती नै कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ भने अर्का सहचालक १८ वर्षीय सन्दिप घर्तिमगरको कोहलपुरमै उपचार भैरहेको छ।
बसचालक बसन्त बिक ईलाका प्रहरी कार्यालय सुखडले नियन्त्रमा लिई आवश्यक कारवाही प्रकृया अघि बढाएको छ।