काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्। मतगणना सुरुदेखिनै अग्रता लिइरहेका बालेनले उक्त लयलाई कायमै राखेका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्।
काठमाडौंमा कुल १ लाख ९१ हजार १७१ भोट खसेको थियो। सार्वजनिक भएको पछिल्लो मत गणनाको विवरणअनुसार एक लाख ५७ हजार ८ सय ५६ मतगणनामा बालेनले ५१ हजार ५९६ मत पाएका हुन्।
उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई १९ हजार १६६ मतले पछि पारेका छन्। सिंहले ३२ हजार ४३० मत पाएकी छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ८५६ मत पाएका छन्। स्थापित सिंहभन्दा ५३४ मतले पछि परेका छन्।
यस्तो छ पछिल्लो मतपरिणामः
बालेन शाह – ५१५९६
सिर्जना सिंह – ३२४३०
केशव स्थापित – ३१८५६
उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ।