राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष ०७९/८० को नीति तथा कार्यक्रम पेश गर्न सुरु गरेकी छन्।
राष्ट्रपति भण्डारीले अहिले ४ बजेदेखि बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्न सुरु गरेकी हुन्।
मङ्गलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सरकारले बजेट ल्याउनुपर्छ।