‘भाइरलम्यान’ पुण्य गौतम आमरण अनसन बस्ने भएका छन् ।
सरकारले दिने आइतबारको बिदा कटौती गर्नुपर्ने मुख्य माग गर्दै गौतम गोकर्णेश्वर नगरपालिका–६ को कार्यालय अगाडि आमरण अनसन बस्ने भएका हुन्।
साथै, उनले पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यवृद्धि, निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता लिनुपर्ने र नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट लिइरहेको न्यूनतम चार्ज घटाउनुपर्ने माग राखेका छन् ।
उनी स्थानीय तहको चुनावअघि नेकपा एस परित्याग गरेर एमाले प्रवेश गरेका थिए। उनलाई अनसनमा एमालेका स्थानीय नेता कार्यकर्ताले साथ दिनेछन्।