नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम मान्य नहुने बताएका छन्।
सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि बिहीबार प्रतिनिधिसभामा धारणा राख्दै ओलीले नीति तथा कार्यक्रम मान्य नहुने बताएका छन्।
उनले नीति तथा कार्यक्रम हचुवाको भरमा आएकोले त्यसको अर्थ नहुने बताए । उनले नीति तथा कार्यक्रममा जे पायो, त्यहीँ लेखेको आरोप लगाए।
उनले भने, ‘नीति तथा कार्यक्रममा जे पायो, त्यहीँ लेख्या छ। मान्य अवस्था छैन। यसको अर्थ छैन। हचुवाको भरमा आएको छ।’
ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको खल्लो जेरीजस्तो भएको टिप्पणी गरे। उनले भने, ‘तेलमा मात्र तारेको चास्नीमा नडुबाएको जेरी जस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको कस्तो नीति हो?’
ओलीले सरकारको नीति तथा कार्यक्रमलाई अस्थिरताको घोषणापत्रको संज्ञा दिए। नीति तथा कार्यक्रमले राज्य संयन्त्रमा अनिश्चियको संकेत गरेको, भ्रष्टाचारलाई मार्गप्रशस्त गरेको भन्दै उनल अघि भने, ‘यो दस्तावेज देशमा स्थिरता र स्थायित्व हुन नदिने अस्थिरताका सम्वाहक शक्तिबाट अस्थिरताका चहनाका साथ बनाइएको गठबन्धनको अस्थिताकै घोषणापत्र हो।’