काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना जारी रहेको छ।
३२ वडा रहेको कामपामा ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ। धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी दुई वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले आज साझँसम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ।
अहिलेसम्मको मतपरिणामअनुसार ३० वटै वडामा दलका प्रतिनिधिले विजय हासिल गरिसकेका छन् भने उपप्रमुख र बाँकी दुई वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ।
त्यसैगरी हालसम्मको मतपरिणामअनुसार कामपाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायम रहेको छ, भने उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सुनिता डङ्गोलको जीत हुने देखिएको छ।