नेपाल आयल निगमको रुपन्दहीस्थित भलबारी डिपोका प्रांगणमा रहेका दुईवटा ट्यांकरमा आगलागी भएको हो।
डिपोमा तेल खन्याउने क्रममा अचानक लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा आगलागी भएको प्रहरीले जनाएको छ।
सिद्धार्थनगर र तिलोत्तमा नगरपालिका तथा भलवारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएको छ।
क्षतिको विवरण आइसकेको छैन।