सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने भएको छ।
पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउन मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिइसकेको छ।
सैद्धान्तिक सहमतिपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो।
बजेटमार्फत पनि यसलाई सम्बोधनको तयारी गरिएको छ। खाना पकाउने ग्यासमा भने कुनै शुल्क नघटाइने भएको छ।
पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको लगातार मूल्य बृद्धि गरेपछि सरकारको आलोचना भइरहेको छ।