गाडी दुर्घटनामा परेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको अवस्था सामान्य रहेको छ।
अस्पतालका अनुसार दुर्घटनामा उनको टाउकोमा सामान्य चोट लागेको थियो। सिटी स्क्यान गरेर हेर्दा चोट बाहिरी छालामा मात्रै भएको र अवस्था सामान्य रहेको छ। उनलाई केहीबेरमा डिस्चार्ज गर्ने तयारी गरिएको छ।
उनी चढेको प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी ललितपुरको स्टाफ कलेजनजिकै शुक्रबार दिउँसो टायर पन्चर भएर दुर्घटना भएको थियो। टायर पञ्चर भएर उक्त गाडी बिजुलीको पोलमा ठोक्किएको थियो।
उनलाई उपचारका लागि ललितपुरको सुमेरु सिटी अस्पतालमा लगिएको थियो।
उनीसंगै श्रीमान अर्जुन पाठक, बहिनी गंगा दाहाल रहेका थिए। तर, अन्यलाई भने केही चोट नलागेको बताइएको छ।