काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट प्रस्तुत गरेका छन्।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार अपराह्न ४ बजे बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्षको वार्षिक आयव्यय प्रस्तुत गरिरहेका छन्।
चालू आवको बजेट भने प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत सार्वजनिक भएको थियो। वर्तमान सरकार गठन भएपछि प्रतिस्थापन विधेयकमार्फत बजेटमा समावेश केही नीति तथा कार्यक्रम र सीमामा सामान्य हेरेफेर गरिएको थियो।
शनिबार मात्रै प्रतिनिधिसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो । आर्थिक सर्वेक्षण पनि शनिबार नै सार्वजनिक भएको थियो।