तारा एयरको जहाज दुर्घटनामा परेका १६ जनाको शव फेला परेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।
हालसम्म जहाजमा सवार २२ मध्ये १६ जना शव फेला परेको र अन्यको खोजी कार्य जारी रहेको प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए।
आइतबार बिहानदेखि सम्पर्कबिहीन रहेको तारा एयरको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित पटकेलेक, सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा जहाज भेटिएको थियो।
आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एईटी ट्विनअटर जहाज सम्पर्कबिहिन भएको थियो। जसमा १३ नेपाली, ४ भारतीय, २ जना जर्मनी नागरिक र चालक दलमा ३ सदस्य गरी २२ जना सवार थिए। विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेकोजहाज केही समयपछि सम्पर्कबिहीन भएको थियो।