सरकारले अन्तशुल्क, भन्सार, आयकर र मूल्य अभिवृद्धि कर सम्बन्धी नियमावलीमा संशोधन गरेको छ।
सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले मूल्य अभिवृद्धि कर (चौबिसौं संशोधन), नियमावली २०७९, अन्तशुल्क (तेइसौं संशोधन) नियमावली, २०७९, भन्सार (तेह्रौं संशोधन) नियमावली, २०७९ र आयकर (तेह्रौं संशोधन) नियमावली, २०७९ स्वीकृत गरेको जानकारी दिए।
मन्त्रिपरिषद् बैठक आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।
यसैगरी, सुरक्षा मुद्रण विकास समिति (गठन) (तेस्रो संशोधन) आदेश, २०७९को दफा ६ को उपदफा (३क) बमोजिम सुरक्षा मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकास पौडेलको पदावधि एकपटकको लागि थप गरिएको छ।
त्यस्तै, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा पदाधिकार रहेका प्रमुख कन्सलटेण्ट अब्स्टे«टिक्स एण्ड गाइनोकोलोजिस्ट डा. जागेश्वर शर्मा गौतमले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।